logo

२०८३ असार २५ बिहीबार

logo
  • २०८३ असार २५ बिहीबार
  • डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको शानदार कमब्याक, इजिप्ट ३–२ ले पराजित

    763Shares
    डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको शानदार कमब्याक, इजिप्ट ३–२ ले पराजित

    काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इजिप्टविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ३–२ को रोमाञ्चक जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको १५औँ मिनेटमा यासिर इब्राहिमको गोलबाट इजिप्टले अग्रता लिएको थियो। त्यसपछि १९औँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पाए पनि लियोनल मेस्सी गोल गर्न असफल हुँदा पहिलो हाफ इजिप्ट १–० ले अगाडि रह्यो।

    दोस्रो हाफको ५७औँ मिनेटमा मोस्ताफा जिकोले गोल गरे पनि भीएआर परीक्षणपछि त्यसअघि फाउल भएको पुष्टि भएकाले उक्त गोलले मान्यता पाएन। तर, उनले ६६औँ मिनेटमा फेरि गोल गर्दै इजिप्टलाई २–० को बलियो अग्रता दिलाए।

    ७७औँ मिनेटसम्म दुई गोलले पछि परेको अर्जेन्टिनाले त्यसपछि अविश्वसनीय पुनरागमन गर्‍यो। ७८औँ मिनेटमा क्रिष्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए। त्यसको पाँच मिनेटपछि ८३औँ मिनेटमा लियोनल मेस्सीले बराबरी गोल गरे।

    इन्जुरी समयको ९२औँ मिनेटमा इन्जो फर्नान्डिजले निर्णायक गोल गरेपछि अर्जेन्टिनाले ३–२ को जित हात पार्दै क्वाटरफाइनलमा स्थान पक्का गर्‍यो। अब क्वाटरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।



    फास्ट न्युज    
  • २०८३ असार २४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट