logo

२०८३ आश्विन १ बिहीबार

logo
  • २०८३ आश्विन १ बिहीबार
  • अस्ट्रेलियाविरुद्धको दोस्रो टी-२० प्रतिस्पर्धामा इंग्ल्यान्डलाई ३ विकेटको जित

    1.1KShares
    अस्ट्रेलियाविरुद्धको दोस्रो टी-२० प्रतिस्पर्धामा इंग्ल्यान्डलाई ३ विकेटको जित

    इंग्ल्यान्ड । लियाम लिभिङस्टोनले आफ्नो ५० औं टी-२० अन्तर्राष्ट्रिय खेललाई यादगार बनाउँदै ब्याटिङ गरेपछि इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको दोस्रो टी(२० प्रतिस्पर्धामा ३ विकेटको जित हात पारेको छ।

    शुक्रबार राति कार्डिफको घरेलु क्रिकेट मैदानमा भएको खेलमा इंग्ल्यान्डले १९४ रनको लक्ष्य ७ विकेटको क्षतिमा १ ओभर बाँकी रहँदा पुरा गरेको हो। इंग्ल्यान्डका लागि लिभिङस्टोनले ४७ बलमा ८७ रन प्रहार गरे।

    अस्ट्रेलियाका अलराउण्डर मयाथ्यु सर्टले ३ ओभरमा २२ रन खर्चेर ५ विकेट लिए पनि त्यो टोलीलाई जित दिलाउनका लागि पर्याप्त थिएन। उनले १९ औं ओभरको चौथो बलमा लिभिङस्टोन तथा त्यसपछिको बलमा ब्राइडन कर्सलाई आउट गरे पनि त्यो धेरै ढिला भइसकेको थियो। सो समयमा घरेलु टोलीलाई जितका लागि १ रन मात्र आवश्यक थियो।

    लिभिङस्टोनलाई पहिलो खेल खेलिरहेको ज्याकोब बेथलले राम्रो साथ दिए। सुरुवातमा धरमराएर ३४ रनमा दोस्रो तथा ७९ रनमा तेस्रो विकेट गुमाएको इंग्ल्यान्डका बेथल र लिभिङ स्टोन मिलेर चौथो विकेटका लागि ५७ बलमा ९० रनको साझेदारी गरेका थिए। बेथलले २४ बलमा ४४ रन जोडे।



    फास्ट न्युज    
  • २०८१ भाद्र २९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट