logo

२०८२ कार्तिक २६ मंगलबार

logo
  • २०८२ कार्तिक २६
  • कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य

    787Shares
    कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य

    काठमाडौं । कर्णाली याक्सले एनपीएलमा जनकपुर बोल्टस्लाई १४२ रनको लक्ष्य दिएको छ । कर्णालीका अर्जुन घर्ती र सोमपाल कामीले अन्तिम दुई ओभरमा विष्फोटक ब्याटिङ गर्दै ३९ रन जोडेपछि कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको हो ।

    अर्जुनले १९औं ओभरमा २२ रन जोडे भने अन्तिम ओभरमा सोमपालले २१ रन जोडे । अन्तिम दुई ओभर विदेशी बलरलाई गराउनु जनकपुरका लागि महँगो सावित भयो।

    कर्णालीका कुनै पनि विदेशी खेलाडी चल्न सकेनन् । भारतिय चर्चित खेलाडी शिखर धवनसहित कर्णालीका सबै खेलाडी फ्लप भए । एक खेलको ४० लाख पारिऋमिकमा एनपीएलले खेल्ने आएका शिखरले १४ बलमा १४ रन बनाउँदै आउट भए ।

    चाडविक वाल्टन ८, बाबर हायत १२ र जिसन मक्सुद शुन्य रनमा आउट भए । बलिङमा जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिए ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १७, सोमबार ०९:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार