काठमाडौ्रं। नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक भएको छ । लिगको उद्घाटन खेलमा चैत १६ गते साविक विजेता ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाण्डौ रेजर्सले खेल्ने भएका छन् ।
प्रतियोगिता दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ । तेस्रो संस्करणमा काठमाण्डौ, ललितपुर, पोखरा, झापा, धनगढी, बुटवल र चितवन गरी ७ टोली छन् । लिग चरणमा कुल २१ खेल हुनेछन् । लिग चरणपछि ४ टोली प्ले अफमा पुग्नेछन् । फाइनल खेल वैशाख १३ गते हुनेछ । एनएसएलको अक्सन भइसकेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया