काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स र पन्जाब सुपर किङ्ग्सबीचको खेल रद्द भएको छ ।
गएराति धर्मशालामा भइरहेको खेल प्राविधिक समस्याका कारण मैदानको फ्लडलाइट चल्न नसक्दा खेल रद्द गर्नुपरेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ । तर आईपीएलका अधिकारीले भने पाकिस्तानले जम्मू क्षेत्रमा गरिरहेको आक्रमणलाई ध्यानमा राख्दै सुरक्षाका हिसाबले खेल रद्द गरिएको जानकारी दिएका छन् ।
पन्जाबले १० ओभर १ बलमा १ विकेट गुमाउँदै १ सय २२ रन बनाएको अवस्थामा खेल रद्द भएको हो । खेल रद्द भएसँगै ११ खेलमा १५ अङ्कसहित पन्जाब तेस्रो र दिल्ली ११ खेलमा १३ अङ्क जोडेर पाँचौं स्थानमा यथावत् छन् । आईपीएलमा आज लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु खेल्दैछन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया