logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • आज नेपालले म्यान्मारको सामना गर्दै

    952Shares
    आज नेपालले म्यान्मारको सामना गर्दै

    काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत आज म्यान्मारको सामना गर्दै छ। यो खेल दशरथ रंगशालामा साँझ ६ बजेदेखि शुरु हुने छ।

    प्रतियोगितामा नेपाल र म्यान्मार फाइनलमा पुगिसकेका छन्। नेपाल र म्यान्मारले यस अघिका आफ्ना दुवै खेलमा जित हासिल गरेर फाइनलमा आ-आफ्नो स्थान सुरक्षित गरेका हुन्।

    नेपाल र म्यान्मार दुवैले लेबनान र किर्गिस्तानलाई पराजित गरेका हुन्। गोल अन्तरका आधारमा म्यान्मार अगाडि छ भने नेपाल दोस्रो स्थानमा छ।

    त्यस्तै आज यो खेलअघि लेबनान र किर्गिस्तान अपराहन्न १ बजेदेखि खेल्दै छन्। फाइनलबाट बाहिरिए पनि दुवै सान्त्वना जितको खोजीमा आजको खेल खेल्दै छन्।

    प्रतियोगिताको फाइनल खेल बुधबार नेपाल र म्यान्मारबीच नै हुने यो खेल दशरथ रंगशालामा साँझ ६ बजेदेखि शुरु हुने छ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ११, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट