काठमाडौं । मंगलबारको झडपमा सुरक्षाकर्मीबाट युवाहरुको समूहले खोसेका झण्डै दुई दर्जन हतियार नेपाली सेनाको जिम्मा लगाइएको छ । पछिल्लो जानकारी अनुसार भक्तपुरको लोकन्थलीमा गस्तीमा रहेका नेपाली सेनालाई पनि केही युवाहरुले हतियार जिम्मा लगाएका छन् ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार विभिन्न ठाउँबाट २३ थान हतियार सेनाले प्राप्त गरिसकेको छ । साथै लुटपाट भएको ३३ लाख ७० हजार रुपैयाँ नगद र सञ्चार उपकरणहरु समेत नेपाली सेनाले प्राप्त गरेको छ ।
जेनजी प्रदर्शनको क्रममा मंगलबार आक्रोशित समूहले नेपाल प्रहरीहरुलाई कुटपिट गर्नुका साथै हतियार समेत खोसेका थिए । उनीहरुले प्रहरीका र अन्य सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी गरेका थिए ।
तोडफोड र आगजनीको घटनापछि मंगलबार राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको छ । लुटपाट र आक्रमणमा संलग्न व्यक्तिहरुलाई सेनाले नियन्त्रणमा समेत लिएको छ । ठाउँठाउँमा नेपाली सेनाले गस्ती गरिरहेको छ । सोही क्रममा सेनाको टोलीलाई युवाहरुले हतियार बुझाएका हुन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया