logo

२०८३ भाद्र १२ शुक्रबार

logo
  • २०८३ भाद्र १२ शुक्रबार
  • रसुवा–नुवाकोटमा थप ठूलो बाढी आउने हल्ला गलत, पूर्वानुमान महाशाखाको स्पष्टोक्ति

    715Shares
    रसुवा–नुवाकोटमा थप ठूलो बाढी आउने हल्ला गलत, पूर्वानुमान महाशाखाको स्पष्टोक्ति

    काठमाडौं, रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ।

    महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना तथा प्रारम्भिक विश्लेषणमा थप ठूलो वा विनाशकारी बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन। वर्षा भइरहेकाले नदीको बहाव केही बढ्न सक्ने भए पनि तत्काल थप ठूलो बाढी आउने अवस्था नरहेको महाशाखाले जनाएको छ।

    महाशाखाले नागरिकलाई संयमित रहन तथा सामाजिक सञ्जाल र अन्य माध्यमबाट फैलिएका अपुष्ट सूचना एवं हल्लाको पछि नलाग्न आग्रह गरेको छ।

    नेपालतर्फ ठूलो बाढी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाले जनाएको छ।

    त्यस्तो अवस्था आएमा एसएमएसलगायत उपलब्ध सञ्चारमाध्यममार्फत यथाशीघ्र आधिकारिक पूर्वसूचना प्रवाह गरिनेछ। महाशाखाले बाढीसम्बन्धी जानकारी लिँदा आधिकारिक स्रोतलाई मात्र आधार मान्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट