logo

२०८३ आश्विन २६ सोमबार

logo
  • २०८३ आश्विन २६ सोमबार
  • रसुवाका बाढीपीडितको उद्धार आज बिहानैदेखि, गम्भीर घाइतेलाई काठमाडौं ल्याइने

    832Shares
    रसुवाका बाढीपीडितको उद्धार आज बिहानैदेखि, गम्भीर घाइतेलाई काठमाडौं ल्याइने

    काठमाडौं, रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण प्रभावित तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि उद्धार गरिने भएको छ। नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार अभियान सञ्चालन गर्ने तयारी गरिएको हो।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले बाढी प्रभावित क्षेत्रमा रहेका घाइतेको उद्धार गरी प्रारम्भिक उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ। गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार उद्धार गरिएका घाइतेलाई सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गरिनेछ।

    गम्भीर अवस्थाका घाइतेलाई भने तत्काल हेलिकप्टरमार्फत काठमाडौं ल्याएर उपचार गरिने तयारी छ। घाइतेको अवस्थाका आधारमा प्राथमिकता निर्धारण गरी उद्धार तथा उपचार अघि बढाइने प्रवक्ता काफ्लेले जानकारी दिए।

    यस्तै, बाढी प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ। उद्धारसँगै प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने कामलाई पनि तीव्रता दिइएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट