logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • आज साउनको अन्तिम सोमबार, शिव मन्दिरमा भक्तजनको घुइँचो

    1.1KShares
    आज साउनको अन्तिम सोमबार, शिव मन्दिरमा भक्तजनको घुइँचो

    काठमाडौं ।आज साउन महिनाको अन्तिम सोमबार, शिवालयहरुमा दर्शनार्थीको भीड लागेको छ। साउन महिनालाई भगवान शिवको प्रिय महिनाको रुपमा लिइन्छ। त्यसमा पनि सोमबारको विशेष महत्व हुन्छ। साउनका प्रत्येक सोमबार भगवान शिवको विशेष पूजा–आराधना गरिन्छ।

    कोरोनाका कारण पशुपतिलगायत अधिकांश धार्मिक स्थलहरु बन्द रहे पनि बाहिरबाटै दर्शनार्थीले दर्शन गरिरहेका छन्। पशुपतिमा पनि बाहिरबाटै भगवान शिवको पूजा गर्नेको भीड छ। पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजन आउन थालेका छन्। तर, उनीहरुलाई मूल मन्दिरमा प्रवेश दिइएको छैन। उनीहरु बाहिरबाटै पूजा गरेर फर्किने गरेका छन्।

    ज्योतिषशास्त्रअनुसार साउने सोमबारमा गरिने शिवको व्रत विशेष फलदायी हुन्छ। यसदिन पशुपतिनाथसँगै देशभरका शिवालयमा पनि भक्तजनको भीड लाग्ने गरेको छ।साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउने तथा बोल बम मेला पनि लाग्ने गर्छ।साउनको सोमबार व्रत बसी भगवान् शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यस्तै लोकमा सुखशान्ति र परलोकमा सद्गति प्राप्त गरिने धर्मग्रन्थमा उल्लेख छ। यस वर्ष साउनमा पाँच सोमबार परेका छन्।

    काठमाडौं उपत्यकाका मलिलिङ्गेश्वर, गोकर्णेश्वर, किलेश्वर, कुम्भेश्वर, गोपालेश्वर, फणिकेश्वर, गन्धेश्वर, विक्रमेश्वर, वसन्तपुरको सानो पशुपति भनिने शिव मन्दिर, डोलेश्वरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ।



    फास्ट न्युज    
  • २०८२ श्रावण २६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट