logo

२०८३ आश्विन २ शुक्रबार

logo
  • २०८३ आश्विन २ शुक्रबार
  • उपसभामुखमाथि सुदन किराँतीको असन्तुष्टि, ‘पार्टीको काँधमा चढेर पदमा पुगेपछि पार्टी नै बिर्सन मिल्दैन’

    829Shares
    उपसभामुखमाथि सुदन किराँतीको असन्तुष्टि, ‘पार्टीको काँधमा चढेर पदमा पुगेपछि पार्टी नै बिर्सन मिल्दैन’

    काठमाडौं,   श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले पार्टीको सहयोगमा सार्वजनिक पदमा पुगेपछि पार्टीको नीति, निर्णय र अनुशासनभन्दा बाहिर जान नहुने बताएका छन्। उनले उपसभामुख रबीकुमारी ठाकुरप्रति असन्तुष्टि व्यक्त गर्दै पदमा पुगेपछि पार्टीको योगदानको सम्मान गर्न नसकेको आरोप लगाए।

    पार्टीको एक कार्यक्रममा बोल्दै किराँतीले श्रम संस्कृति पार्टीको काँधमा चढेर मेयर, सांसद, मन्त्री, मुख्यमन्त्री तथा अन्य सार्वजनिक पदमा पुगेका नेताहरूले व्यक्तिगत सोचभन्दा पार्टीको आधिकारिक लाइनलाई प्राथमिकता दिनुपर्ने बताए।

    उनले उपसभामुख ठाकुरले पार्टीले सिफारिस गरेका कर्मचारीसमेत हटाएको भन्दै यस्तो कार्य स्वीकार्य नहुने उल्लेख गरे। “आँसु–पसिना बगाएर पदमा पुर्‍याइएका व्यक्तिले पार्टीकै निर्णयलाई बेवास्ता गर्न मिल्दैन,” भन्ने आशयमा उनले टिप्पणी गरे।

    किराँतीले पार्टीलाई व्यक्तिको इच्छाअनुसार होइन, विधि, प्रणाली र संस्थागत अभ्यासका आधारमा सञ्चालन गर्नुपर्नेमा जोड दिए। पार्टीभित्र अनुशासन कमजोर भए संगठनलाई कुनै पनि शक्तिले जोगाउन नसक्ने उनको भनाइ थियो।

    उनले पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुक सबैले एउटै नीति र विचारलाई आत्मसात् गर्नुपर्ने बताउँदै “१०० थरी बाजा भए पनि एउटै धुन र १०० थरी गोला भए पनि एउटै चाल” को सिद्धान्तमा अघि बढ्नुपर्ने धारणा राखे।

    किराँतीले पार्टीका तीन प्रमुख लक्ष्य— पार्टीलाई देशकै पहिलो शक्ति बनाउने, अध्यक्षलाई प्रधानमन्त्री बनाउने र सर्वमान्य नेता स्थापित गर्ने— पूरा गर्न बलियो संगठन, स्पष्ट विचार र अनुशासित प्रणाली अपरिहार्य रहेको बताए।



    फास्ट न्युज    
  • २०८३ श्रावण १८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट