logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • बागमती प्रदेशका चार मन्त्रीले किन दिए राजीनामा ?

    967Shares
    बागमती प्रदेशका चार मन्त्रीले किन दिए राजीनामा ?

    काठमाडौं । बागमती प्रदेश सरकारका चारजना मन्त्रीहरूले राजीनामा दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट प्रदेश सरकारमा सहभागी चार मन्त्रीले पदबाट राजीनामा दिएका हुन् ।

    राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन् ।

    बागमती प्रदेश सरकारमा मुख्यमन्त्री बहादुरसिंह लामासहित आठ जना कांग्रेसबाट सहभागी थिए । बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनका लागि चार जनाले राजीनामा दिएको कांग्रेस स्रोतको भनाइ छ ।

     



    फास्ट न्युज    
  • २०८२ श्रावण १०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट