logo

२०८३ आश्विन २५ आईतवार

logo
  • २०८३ आश्विन २५ आईतवार
  • सुदूरपश्चिममा दुई महिना लामो ‘बजेट होलिडे’ अन्त्य: ३७ अर्ब ७० करोडको नयाँ बजेट सार्वजनिक

    727Shares
    सुदूरपश्चिममा दुई महिना लामो ‘बजेट होलिडे’ अन्त्य: ३७ अर्ब ७० करोडको नयाँ बजेट सार्वजनिक

    धनगढी — सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि कायम बजेट शून्यता (बजेट होलिडे) को कानुनी संकट र अन्योल अन्ततः हटेको छ। नयाँ सत्ता समीकरणपछि गठन भएको खगराज भट्ट नेतृत्वको सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको परिमार्जित बजेट प्रदेशसभामा प्रस्तुत गरेको हो।
    आइतबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले अघिल्लो सरकारले असार १ गते पेस गरेको विनियोजन र अर्थ विधेयक फिर्ता लिँदै आवश्यक संशोधन र पुनरावलोकनसहित नयाँ बजेट टेबुल गरेका हुन्। नयाँ बजेटको कुल आकार अघिल्लो सरकारकै बराबर राखिएको छ। तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले असार १ मा बजेट ल्याए पनि पारित नहुँदै सरकार ढलेपछि सुदूरपश्चिम विगत दुई महिनादेखि बजेटविहीन अवस्थामा गुज्रिएको थियो।

    यस्तो छ बजेटको स्रोत व्यवस्थापन (राजस्व अनुमान):
    आन्तरिक राजस्व परिचालन: १ अर्ब ७२ करोड रुपैयाँ
    संघीय राजस्व बाँडफाँट: १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रुपैयाँ
    वित्तीय समानीकरण अनुदान: ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ
    गत आर्थिक वर्ष (२०८२/८३) को बचत: ९ अर्ब ६५ करोड रुपैयाँ
    संघीय ससर्त अनुदान: ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ
    संघीय समपूरक र विशेष अनुदान: क्रमशः ३८ करोड ८० लाख र ५२ करोड ७६ लाख रुपैयाँ
    संघीय रोयल्टी बाँडफाँट: ७ करोड रुपैयाँ
    बजेट प्रस्तुत भएसँगै सभामुख भण्डारीले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन्। अब बस्ने अर्को बैठकबाट बजेटमाथिको सैद्धान्तिक छलफल र पारित गर्ने प्रक्रिया अघि बढ्नेछ।



    फास्ट न्युज    
  • २०८३ आश्विन २५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट