logo

२०८३ आश्विन २५ आईतवार

logo
  • २०८३ आश्विन २५ आईतवार
  • कांग्रेस महाधिवेशनको मतगणना : उपसभापतिमा भण्डारी २८० मतले अगाडि, महामन्त्रीमा पौडेलको २४५ मतको अग्रता

    769Shares
    कांग्रेस महाधिवेशनको मतगणना : उपसभापतिमा भण्डारी २८० मतले अगाडि, महामन्त्रीमा पौडेलको २४५ मतको अग्रता

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता कायम गरेका छन्। प्राप्त पछिल्लो मतगणना विवरणअनुसार भण्डारीले निकटतम प्रतिस्पर्धीभन्दा २८० मत बढी प्राप्त गरेका छन् भने पौडेलको अग्रता २४५ मतको छ।

    उपसभापति (खुला) तर्फ भण्डारीले ६२३ मत प्राप्त गर्दा ई. मधु आचार्यले ३४३ मत पाएका छन्। भण्डारी र आचार्यबीच २८० मतको अन्तर देखिएको छ। यसैगरी, गोविन्द भट्टराईले २९१ र सुरेन्द्रराज पाण्डेले २८९ मत प्राप्त गरेका छन्। भट्टराई र पाण्डेबीच केवल दुई मतको अन्तर छ। दीपक गिरीले २४२, धनराज गुरुङले २११ र प्रा.डा. चन्द्रमोहन यादवले १२६ मत पाएका छन्।

    उपसभापति (समावेशी) तर्फ चौधरी ६० मतले अगाडि

    उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले ३४७ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले २८७ मत प्राप्त गरेका छन्। चौधरी र परियारबीच ६० मतको अन्तर छ। फरमुल्लाह मंसुरले १६४, सीता गुरुङले १५१ र रंजीत कर्णले ९८ मत प्राप्त गरेका छन्।

    महामन्त्री (खुला) मा पौडेलको २४५ मतको अग्रता

    केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले ६८८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी अमरसिंह पुन मगरले ४४३ मत पाएका छन्। पौडेल र पुन मगरबीच २४५ मतको अन्तर रहेको छ।

    यसैगरी, उदयशम्शेर राणाले ३८८, डा. सुनिलकुमार शर्माले ३००, गुरुराज घिमिरेले १६९ र नैन सिंह महरले १२९ मत प्राप्त गरेका छन्। शंकर तिवारीले १९ र डा. सन्तोष उपाध्यायले १७ मत पाएका छन्।

    महिला महामन्त्रीमा डिला संग्रौलाको ३९ मतको अग्रता

    केन्द्रीय महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले ५२३ मत प्राप्त गरेकी छन्। उनकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले ४८४ मत पाएकी छन्। संग्रौला र उपाध्यायबीच ३९ मतको अन्तर छ। रीता खनालले १३९ मत प्राप्त गरेकी छन्।

     



    फास्ट न्युज    
  • २०८३ आश्विन २५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट