logo

२०८३ आश्विन २६ सोमबार

logo
  • २०८३ आश्विन २६ सोमबार
  • बिमस्टेक बैठकमा भाग लिन गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

    802Shares
    बिमस्टेक बैठकमा भाग लिन गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

    काठमाडौँ — बङ्गालको खाडीको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रहरूको ऐतिहासिक पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ सोमबार भारत प्रस्थान गरेका छन्। अपराह्न १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी नयाँ दिल्लीका लागि उडेका हुन्। गृहमन्त्रीको पदभार ग्रहण गरेपछि गुरुङको यो नै पहिलो विदेश भ्रमण हो।

    भारतीय गृहमन्त्री अमित शाहको विशेष पहलमा अक्टोबर १३ (मंगलबार) का लागि तय भएको यस बैठकमा बिमस्टेकका सातै सदस्य राष्ट्रहरू— नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्रीहरूको उपस्थिति रहनेछ। सन् १९९७ मा स्थापना भएको यस क्षेत्रीय संगठनले झन्डै तीन दशक लामो इतिहासमा पहिलोपटक गृहमन्त्रीहरूको संयन्त्र (Home Ministers’ Mechanism) क्रियाशील गराउन लागेको हो, जसको जग सन् २०१८ मा काठमाडौँमा भएको चौथो बिमस्टेक शिखर सम्मेलनले बसालेको थियो।



    फास्ट न्युज    
  • २०८३ आश्विन २६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट