काठमाडौं । राजनीतिज्ञ तथा व्यवसायी विक्रम पाण्डेले राष्टिय स्वतन्त्र पार्टी रास्वपा भन्ने पार्टी राजनीतिक हिसावले सिसडोल भएको टिप्पणी गरेका छन् । उनले रास्वपा राजनीतिको डम्पिङ साइट भएको टिप्पणी गरेका हुन् ।
एक टेलिभिजनमा अन्र्तवार्ताका क्रममा उनले रास्वपा देश हितको पक्षमा नभएको पार्टी भएको दाबी गरे । उनले सांकेतिकरुपमा कडा प्रहार गर्दे सिसडोल कति दुर्गन्धित र फोहोर छ भन्ने कुरा सिसडोलबासी मात्रै भोगेको जनाए ।
अन्तर्वार्ताका क्रममा उनले भने, ‘पोलिटिकली रास्वपा सिसडोल हो ।’ स्वर्णाीम वाग्ले कांग्रेसमा ठाउँ नपाएर रास्वपामा आएको टिप्पणी गरे । यस्तै मनिष झा कांग्रेसबाट , हरि ढकाल एमालेबाट आएको जनाए । ,आशिका तामाङलगायत नेताहरु विभिन्न पृष्ठभूमीमा आएका व्यक्ति भएको उनको भनाइ थियो । उनले कांग्रेस, एमाले र माओवादी त फोहोरी पार्टी नैं हुन् र ती फोहोरीमध्येबाट पनि सिसडोलमा खन्याएका फोहोरी व्यक्ति रास्वपामा भएको उनले टिप्पणी गरेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया