logo

२०८३ आश्विन २६ सोमबार

logo
  • २०८३ आश्विन २६ सोमबार
  • बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै, शक्तिपीठहरूमा भक्तजनको घुइँचो

    733Shares
    बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै, शक्तिपीठहरूमा भक्तजनको घुइँचो

    काठमाडौँ — नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज (सोमबार) नवदुर्गा भवानीको दोस्रो रूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना र उपासना गरिँदैछ। आश्विन शुक्ल प्रतिपदाका दिन हिजो घटस्थापना गरी दसैँ घरमा जमरा राखिएसँगै नवरात्रको विशेष अनुष्ठान सुरु भएको हो।

    शास्त्रअनुसार ‘ब्रह्म’ को अर्थ तपस्या र ‘चारिणी’ को अर्थ आचरण गर्ने अर्थात् तपस्याको आचरण गर्ने देवीका रूपमा ब्रह्मचारिणीलाई लिइन्छ। संसारका समग्र प्राणीलाई सच्चिदानन्द रूप ब्रह्मको बोध गराउने शक्तिका रूपमा पूजा गरिने यी देवीको निष्ठापूर्वक साधना गर्दा मानिसमा शक्ति, ऐश्वर्य, विद्या र एकाग्रता प्राप्त हुने धार्मिक मान्यता छ। घटस्थापना गरिएका पूजा कोठा र दसैँ घरहरूमा नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायतका देवी स्तोत्रहरूको पाठ पारायण गर्ने परम्परा छ।

    दसैँको दोस्रो दिन आज राजधानीको हनुमानढोकास्थित ऐतिहासिक दसैँ घरमा राज्यका तर्फबाट विधिपूर्वक पूजा आराधना गरिएको छ। यसैगरी काठमाडौँ उपत्यकाका भद्रकाली, शोभाभगवती, गुह्येश्वरी, नक्साल भगवतीका साथै देशभरका विभिन्न प्रसिद्ध शक्तिपीठ तथा देवी मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थीहरूको बाक्लो उपस्थिति देखिएको छ।



    फास्ट न्युज    
  • २०८३ आश्विन २६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट