logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • डोटीमा सवारी दुर्घटना, तीन जनाको ज्यान गयो

    1KShares
    डोटीमा सवारी दुर्घटना, तीन जनाको ज्यान गयो

    डोटी– डोटीको भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका– १ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनिट्रक आज बिहान दुर्घटना भएको हो ।

    दुर्घटनामा चालक अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको हो । मृतक दुई जनाको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट