काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको मतपरिणाम आउने क्रम जारी छ। पछिल्लो सार्वजनिक विवरणअनुसार अत्यधिक चासोका साथ हेरिएको खुलातर्फको सहमहामन्त्री पदको मतगणनामा रामहरि खतिवडाले आफ्नो सुरुवाती अग्रतालाई झन् फराकिलो बनाउँदै लगेका छन्।
निर्वाचन समितिले सार्वजनिक गरेको १,६८९ मतको परिणामअनुसार रामहरि खतिवडाले ७६८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी अजय शिवाकोटीले ५४८ मतका साथ खतिवडालाई पछ्याइरहेका छन्। खतिवडा र शिवाकोटीबीचको मतान्तर २२० रहेको छ।
यस्तै, प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरू डिल्लीराज सुवेदीले ४३९ मत, देवेन्द्रराज कँडेलले ३३४ मत, विकास कोइरालाले २८४ मत र राजीव ढुङ्गानाले २५३ मत पाएका छन्। उम्मेदवारहरू रमेशप्रसाद धमलाले २०५ मत, अमृतकुमार अर्यालले १७६ मत र विमलराज क्षेत्रीले ६१ मत प्राप्त गरेका छन्। संशोधित विधानअनुसार खुलातर्फको सहमहामन्त्रीमा एक जना मात्र निर्वाचित हुने भएकाले खतिवडाको यो अग्रतालाई निकै महत्त्वपूर्ण मानिएको छ। मतगणना कार्य राष्ट्रिय सभागृहमा जारी छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया