logo

२०८३ आश्विन २६ सोमबार

logo
  • २०८३ आश्विन २६ सोमबार
  • विशेष अदालत दसैँभर बन्द रहने: म्याद थप र पक्राउ पुर्जी जस्ता अत्यावश्यक कामका लागि भने खुला

    805Shares
    विशेष अदालत दसैँभर बन्द रहने: म्याद थप र पक्राउ पुर्जी जस्ता अत्यावश्यक कामका लागि भने खुला

    काठमाडौँ — विशेष अदालतले विजया दशमी २०८३ को अवसरमा आगामी असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म नियमित सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । चाडपर्वका कारण लामो समय अदालत बन्द हुने भए पनि थुनुवा र फौजदारी न्याय प्रशासनसँग जोडिएका अत्यावश्यक कार्यका लागि भने विशेष व्यवस्था मिलाइएको छ ।

    विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार बिदाको अवधिमा पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३१ आकर्षित हुने मुद्दा, म्यादसम्बन्धी कार्य, पक्राउ पुर्जी जारी गर्ने, जरुरी पक्राउ पुर्जीको समर्थन र थुनुवाको म्याद थप गर्ने जस्ता संवेदनशील न्यायिक कामहरू निरन्तर सञ्चालन हुनेछन् ।

    यसका लागि घटस्थापना, विजयादशमीको मुख्य दिन र शनिबारबाहेक अन्य बिदाका दिनहरूमा पनि अदालत खुला रहने प्रवक्ता लामिछानेले जानकारी दिए । ती दिनहरूमा बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म अदालतको आकस्मिक कक्ष (काउन्टर) खुला रहनेछ, जसले गर्दा अनुसन्धान अधिकारी र थुनुवा पक्षका कानुनी प्रक्रियाहरू प्रभावित हुने छैनन् । अदालतले सूचना जारी गर्दै सरोकारवाला सबैलाई यसै तालिकाअनुसार समन्वय गर्न आग्रह गरेको छ ।



    फास्ट न्युज    
  • २०८३ आश्विन २६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट