logo

२०८३ श्रावण १६ शनिबार

logo
  • २०८३ श्रावण १६ शनिबार
  • सक्रिय हुँदै मनसुन, देशका विभिन्न ठाउँमा अति भारी वर्षाको सम्भावना

    802Shares
    सक्रिय हुँदै मनसुन, देशका विभिन्न ठाउँमा अति भारी वर्षाको सम्भावना

    काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज विभिन्न प्रदेशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई क्षेत्र नजिक अवस्थित रहेको विभागले जनाएको छ।

    हाल देशका अधिकांश भू–भागमा बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

    यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी तथा तराई क्षेत्रका धेरै स्थान, मधेश प्रदेश तथा लुम्बिनी, सुदूरपश्चिमका पहाडी र तराई क्षेत्र तथा कर्णालीका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। कोशी, बागमती र गण्डकीका पहाडी भू–भागका केही स्थान तथा मधेशसहित ती प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ। कोशी र बागमतीका हिमाली क्षेत्रमा धेरै स्थान, गण्डकीका हिमाली क्षेत्रमा केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।



    फास्ट न्युज    
  • २०८३ असार २९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट