काठमाडाैं । राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा उत्कृष्ट अभिनेताको पुरस्कार विजय बरालले पूर्णबहादुरको सारंगी फिल्मबाट पाएका छन्। उपासना सिंह ठकुरीले खुस्मा फिल्मबाट उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी छन्।
काठमाडौं । राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा उत्कृष्ट अभिनेताको पुरस्कार पूर्णबहादुरको सारंगीबाट विजय बरालले पाएका छन् । बरालको मुख्य भूमिका रहेको यो फिल्मले कीर्तिमानी व्यापार गर्न सफल भएको थियो ।
उक्त फिल्ममा बरालसँगै प्रकाश सपुत, अन्जना बराइली, बुद्धि तामाङ, मुकुन भुसाल लगायतको अभिनय रहेको थियो । फिल्मको निर्देशन सरोज पौडेलले गरेका हुन् ।
त्यसैगरी वर्षको उत्कृष्ट अभिनेत्रीको पुरस्कार उपासनासिंह ठकुरीले पाइन् । उनले अशोक थापा मगरको निर्देशनमा रहेको खुस्मा फिल्मबाट उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी हुन् ।
सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार वितरण गरेका हुन् । चलचित्र विकास बोर्डले हरेक वर्ष राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्दै आएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया