काठमाडौँ । पछिल्ला वर्षमा स्वदेशी चलचित्र निर्माणमा उत्साहजनक वृद्धि देखिएको छ । आर्थिक वर्ष २०८२\८३ को पहिलो चौमासिक ९साउन, भदौ, असोज, कार्तिक महिना० मा ७० चलचित्रले निर्माण इजाजत लिएर नयाँ रेकर्ड स्थापित भएको चलचित्र विकास बोर्डले जनाएको छ ।कुनै पनि वर्षको पहिलो चौमासिकमा यति धेरै चलचित्रले इजाजत लिएको यो पहिलोपटक हो । ‘यो संख्या नेपाली चलचित्र उद्योगमा बढ्दो चहलपहल, सिर्जनशीलता र नयाँ सम्भावनाको प्रतिविम्ब मानिएको छ’ बोर्डले भनेको छ ।
आर्थिक वर्ष २०७८\७९ मा ३६, २०७९\८० मा ४७, २०८०\८१ मा ४७, २०८१\८२ मा ५१ र २०८२\८३मा ७० फिल्मले निर्माण इजाजत लिएका छन् । ‘यो तथ्याङ्कले नेपाली चलचित्र उद्योगमा नयाँ उत्साह, लगानी, रोजगारी र सिर्जनशीलताको गतिलाई झनै तीव्र बनाइरहेको देखिन्छ’ बोर्डले भनेको छ, ‘डिजिटल प्रविधिको पहुँच, निर्माण वातावरणमा सहजता, तरुण चलचित्रकर्मीको सक्रियता र बजार विस्तारले निर्माणको गति बढाएको देखिन्छ ।’
स्वदेशी चलचित्रको प्रवर्धन, संरक्षण र दीर्घकालीन विकासका लागि बोर्ड लागिपरेको समेत जनाइएको छ । प्रशिक्षणमार्फत दक्षता अभिवृद्धि, नीतिगत सुधार, डिजिटाइजेसन, अभिलेखीकरण र पारदर्शी प्रक्रियाबाट चलचित्र उद्योगलाई अझ मजबुत बनाइने नीति रहेको बोर्डले जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया