logo

२०८३ भाद्र २६ शुक्रबार

logo
  • २०८३ भाद्र २६ शुक्रबार
  • गौरीकुमारी यादवको राजीनामापछि उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस

    739Shares
    गौरीकुमारी यादवको राजीनामापछि उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस

    काठमाडौं, भदौ २५ — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपककुमार साहलाई ल्याउने तयारी भएको छ। सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित साहलाई उद्योगमन्त्री नियुक्त गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो।

    उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार राजीनामा दिएपछि मन्त्रालयको नेतृत्व रिक्त भएको थियो। त्यसपछि सरकारले उक्त जिम्मेवारी साहलाई दिने गरी प्रक्रिया अघि बढाएको हो।

    प्रधानमन्त्रीको सचिवालयले साहलाई उद्योगमन्त्री नियुक्त गर्न सिफारिस भइसकेको जानकारी दिएको छ। राष्ट्रपति पौडेलबाट नियुक्ति भएपछि साहले मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।

    यादवले राजीनामा दिनुअघि बुधबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा दिएको अभिव्यक्ति विवादमा परेको थियो। उनले ‘उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भनेकी थिइन्।

    यादवको उक्त अभिव्यक्तिप्रति उद्योग तथा व्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाले आपत्ति जनाएका थिए। व्यवसायी क्षेत्रबाट आलोचना भइरहेका बेला उनले राजीनामा दिएपछि रिक्त भएको मन्त्रालयमा साहलाई ल्याउने निर्णय अघि बढेको हो।

    साहको नियुक्तिसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अब निजी क्षेत्रसँगको सम्बन्ध, औद्योगिक वातावरण र आपूर्ति व्यवस्थापनका विषयमा नयाँ नेतृत्व पाउने भएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र २५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट