काठमाडौँ । एनिमल नेपालले पशु ढुवानी मापदण्ड २०६४ को कार्यान्वयन, केज फ्री क्याम्पेन र एनिमल वेलफेयर एक्ट विषयमा विशेष जोड दिइएको प्रष्ट पारेको छ । एनिमल नेपालले काठमाडाैंमा एक अन्तरक्रिया आयोजना गरि पशु कल्याणको विषय ओझेलमा परेको स्पष्ट पारेको हो ।
जुन १४ जीवित जनावर ढुवानी दिवसको रुपमा मनाईने गरिन्छ । यही दिवसको अवसर पारेर एनिमल नेपालले जेठ ३० गते शुक्रबार काठमाडौमा पत्रकारसँग अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा कुखुरा, राँगा, भैंसी तथा अन्य पशुपन्छी ढुवानीमा देखिएका समस्या तथा पशु आरामगृहको आवश्यकताबारे छलफल भयो ।
कार्यक्रम संयोजक सुलक्षणा राणाले पशु ढुवानी मापदण्ड २०६४ राम्ररी कार्यान्वयन नभएको गुुनासो गरिन्। १८ वर्ष बितिसक्दा पनि ढुवानी व्यवसायीहरूले मापदण्डको पालना नगर्दा निर्दोष पशुमाथि झन् यातना थपिँदै गएको उनले जनाइन् । कार्यक्रम संयोजक राणाले हरेक जीवित प्राणीको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् ।
एनिमल नेपालले शुक्रबार एक अन्तरक्रिया आयोजना गरि पशु कल्याणको विषय ओझेलमा परेको स्पष्ट पारेको हो । कायर्यक्रम राणाले पशु ढुवानीको साथै केजी फ्री क्याम्पेन र एनिमल वेलफेयर एक्टको सम्बन्धमा कार्यक्रममा प्रष्ट पारिन् । उनले अहिले सन्दर्भमा यी तीनवटा मुद्धामा एनिमल नेपाल विशेषरुप केन्द्रित भएको प्रष्ट पारिन् ।
कार्यक्रम संयोजक राणाले पशु कल्याण सम्बन्धमा सामाजिक चेतनाको कमी भएकाले पनि पशु ढुवानी मापदण्ड लागु नभएको प्रष्ट पारिन् । ढुवानीको अतिरिक्त किनबेच गर्ने स्थलसम्म ल्याउँदा पनि जनावरहरुमाथि क्रूरता अपनाइएको एनिमल नेपालको अनुभव छ ।
पशुपंक्षीले यातना भोग्दा उनीहरूको शरीरमा पर्ने असर मासुमा पर्ने र त्यो मासु खाँदा मानिसको स्वास्थ्यमा समेत प्रत्यक्ष असर गर्छ । पशुलाई गाडीमा दिनमा आठ घण्टाभन्दा बढी राख्न पाइँदैन । यस्तै गाडीमा घाँस, पराल र दाना राखेको हुनुपर्छ । पशुलाई विभिन्न ठाउँमा आराम गराउनु पर्ने र दाना पानी खुवाउनुपर्ने मापदण्डमा उल्लेख छ ।
पशु ढुवानी गर्ने हरेक गाडीमा प्राथमिक उपचार बक्स हुनुपर्ने, शारीरिक बनावट फरक भएका पशु एउटै गाडीमा ढुवानी गर्न नपाइने, राँगाभैंसीसँग पाडापाडी मिसाउन नहुने मापदण्डमा उल्लेख छ । नाक, पुच्छर बाँध्न नपाइने र पशुको शरीर ठोक्किने गाडीको साइडमा फोम टाँसेको हुनुपर्ने व्यवस्था छ । यसैगरी पशुलाई गाडीभित्र ०.८४ देखि १.२७ मिटर स्थान उपलब्ध हुनुपर्छ । एउटा ट्रकमा २० वटा जति पशु अटाउँछन् तर ३२ वटासम्म कोचेर ढुवानी गर्ने गरिएको राणाले गुनासो गरिन् । लाइभ एनिकल ट्रान्सपोटेसन रोकिनुपर्छ, यसको विकल्प तय गरिनुपर्छ विषयमा पाँच हजार जनाको हस्ताक्षर समेटिएको पेटिशन सरकारलाई बुझाउन उनले जनाइन् ।
एनिमल नेपालकी फिल्ड सुपर भाइजर लक्ष्मी खत्रीले पशुपक्षी तथा जनावरहरू ढुवानीका क्रममा ज्यादै दर्दनाक अवस्थाहरू देखिएका बताइन् । उनले पशु ढुवानी सम्बन्धी ऐन कार्यान्वयन गर्न नेपाल सरकार, सरोकारवाला निकायहरू तथा सञ्चारकर्मीहरूले समेत दवाब दिन जरुरी रहेको प्रष्ट पारिन् ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया