logo

२०८३ भाद्र २८ आईतवार

logo
  • २०८३ भाद्र २८ आईतवार
  • अष्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिकाले जित्यो टेष्ट च्याम्पियन

    1.2KShares
    अष्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिकाले जित्यो टेष्ट च्याम्पियन

    काठमाडौं |  आइसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई पाँच विकेटले पराजित गरेको छ।लर्डस् किक्रेट मैदानमा भएको फाइनलमा अस्ट्रेलियाले प्रस्तुत गरेको २८२ रनको लक्ष्य दक्षिण अफ्रिकाले चौथो दिन पाँच विकेट गुमाएर पूरा गरेको हो ।
    दक्षिण अफ्रिकाले २१३–२ को स्थितिबाट चौथो दिनको सुरुआत गरेको थियो । दक्षिण अफ्रिकालाई च्याम्पियन बनाउन आइदेन मार्करमले १३६ रन बनाए । उनले २०६ बलमा १४ चौका प्रहार गरे ।

    कप्तान टेम्बा बाभुमाले ६६ रन थपे । उनले १३४ बलमा पाँच चौका प्रहार गरे । वियान मुल्डरले २७ र डेविड बेडिङघमले अविजित २१ रन बनाए ।
    काठमाडौं । साविक विजेता अस्ट्रेलियाविरुद्ध पाँच विकेटको जित निकाल्दै दक्षिण अफ्रिकाले पहिलोपटक आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ । लर्डस् किक्रेट मैदानमा भएको फाइनलमा अस्ट्रेलियाले प्रस्तुत गरेको २८२ रनको लक्ष्य दक्षिण अफ्रिकाले चौथो दिन पाँच विकेट गुमाएर पूरा गरेको हो ।

    दक्षिण अफ्रिकाले २१३–२ को स्थितिबाट चौथो दिनको सुरुआत गरेको थियो । दक्षिण अफ्रिकालाई च्याम्पियन बनाउन आइदेन मार्करमले १३६ रन बनाए । उनले २०६ बलमा १४ चौका प्रहार गरे ।

    कप्तान टेम्बा बाभुमाले ६६ रन थपे । उनले १३४ बलमा पाँच चौका प्रहार गरे । वियान मुल्डरले २७ र डेविड बेडिङघमले अविजित २१ रन बनाए ।
    अस्ट्रेलियाका मिचेल स्टार्चले तीन , जश हेजलउड र कप्तान प्याट कमिन्सले समान एक विकेट लिए ।
    अस्ट्रेलिया दोस्रो इनिङमा २०७ रनमै समेटिएको थियो । दक्षिण अफ्रिकाले २८२ रनको लक्ष्य प्राप्त गरेको थियो ।अस्ट्रेलियाका मिचेल स्टार्चले १३६ बलमा पाँच चौकासहित अविजित ५८ रन बनाए । एलेक्स केरीले ४३, मार्नुस लाबुसेनले २२ र स्टिभ स्मिथले १३ रन जोडे ।

    दक्षिण अफ्रिकाका कागिसो रबाडाले चार , लुंगी एनगिडीले तीन र मार्को यानसन, वियान मुल्डर र एडेन मार्करमले समान एक विकेट लिए ।त्यसअघि, टस हारेर अस्ट्रेलिया पहिलो इनिङमा २१२ रनमै समेटिएको थियो । दक्षिण अफ्रिकाले पनि १३८ रन मात्र बनाउन सकेको थियो । अस्ट्रेलियाले पहिलो इनिङको समाप्तिमा ७४ रनको अग्रता बनाएको थियो ।



    फास्ट न्युज    
  • २०८२ असार १, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट