काठमाडौं । कप्तान पौडेलको अलराउण्ड प्रदर्शनीमा नेपालले ओमान विरुद्ध जीत निकालेको छ ।
क्यानडामा भएको त्रिदेशीय टी २० क्रिकेट सिरिज अन्तर्गत ओमानमाथि नेपालले ५६ रनको शानदार जीत हासिल गरेको हो ।
नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १३ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १०१ रनमा सिमित भएको थियो ।
नेपालले टस जितेर ब्याटिग गरेको उक्त खेलमा ७ विकेटको क्षतिमा १५७ रन जोडेको थियो । यो जीतमा नेपालका लागि क्रप्तान रोहित पौडलेले ५६ रनको योगदान गरे । उनले २ चौका र ४ छक्का प्रहार गरेका थिए । यसेगरी कुशल मल्लले १९,देव खनाल १८,असिफ सेख १४ र अनिल शाहले ११ रन बनाए ।
कुशल भूर्तलले ३ र सन्दिप लामिछानेले २ विकेट लिए। यसैगरी रिजन ढकालले २ तथा पौडेलले २ विकेट लिए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया