logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • नेपाल स्कटल्याण्डसँग पराजित

    1.2KShares
    नेपाल स्कटल्याण्डसँग पराजित

    काठमाडौं| आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भएको छ ।

    स्कटल्यान्डले प्रस्तुत गरेको ३२४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ३२१ रनमा अल आउट भयो । नेपालका भीम सार्की, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका थिए ।

    भीमले ७३ रन बनाए । भीमले ८५ बलमा आठ चौका प्रहार गरे । सोमपालले ६७, दिपेन्द्रले ५६, आरिफ शेखले ३९, कुशल भुर्तेल र करण केसीले १७–१७ रन जोडे ।

    त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रनको विशाल योगफल तयार गरेको थियो ।

    स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले । बेरिङ्टनले ११४ बलमा ६ चौका र चार छक्कासहित १०२ रनको योगदान गरे । माइकल लिस्कले ९६, चार्ली टेयरले ६८ रन जोडे ।

    नेपालका करण केसी र दिपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । ललितनारायण राजवंशीको नाममा एक विकेट रह्यो ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट