logo

२०८३ श्रावण ११ सोमबार

logo
  • २०८३ श्रावण ११ सोमबार
  • काभा नेसन्स कपमा नेपालको पहिलो जित

    1.2KShares
    काभा नेसन्स कपमा नेपालको पहिलो जित

    काठमाडौं । नेपालले बंगलादेशको मिरपुरमा जारी काभा पुरूष नेसन्स भलिबल कपअन्तर्गत पहिलो जित हासिल गरेको छ ।शुक्रबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा ३-० ले पराजित गरेको हो । नेपालले पहिलो सेट २५-२१ ले, दोस्रो सेट २५-२३ र तेस्रो सेट २५-१८ ले जितेको हो ।

    नेपालले यसअघि तुर्किमेनिस्तान र बंगलादेशसँग लगातार हार बेहोरेपछि तेस्रो खेलमा जित हासिल गरको हो । नेपालले अब अर्को खेल अक्टोबर २६ मा अफगानिस्तानसँग, अक्टोबर २७ सम्म श्रीलंकासँग खेल्ने तालिका रहेको छ । प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको छ ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक ७, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट