काठमाडौं । ओपनर लाहिरू मिलन्थाले उत्कृष्ट ब्याटिङ गरेपछि जनकपुर बोल्ट्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको च्याम्पियनको उपाधी चुमेको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनपकुर एनपिएल च्याम्पियन बनेको हो।
सुदूरपश्चिमले दिएको १८५ रनको विशाल लक्ष्य जनकपुरले विकेटको ५ क्षतिमा १९.२ ओभरमा पूरा गर्यो।
सुदूरपश्चिमसँगको फाइल खेलमा ८७ रन जोड्दै चितवनका रवि बोपारालाई उछिन्दै कीर्तिमान आफ्नो नाममा पारेका हुन्। १० खेलमा उनले जनकपुरलाई जम्मा २९३ रन जोडेको योगदान दिए।
सबैभन्दा बढी रन जोड्ने दोस्रो खेलाडी रविले ८ खेलमा २८६ रन बताउँदा तेस्रो नम्बरमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ७ खेलमा २७९ रन बनाए।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया