logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • अनेरास्ववियुको २४औँ केन्द्रीय महाधिवेशन सुरू (तस्बिरसहित)

    1KShares
    अनेरास्ववियुको २४औँ केन्द्रीय महाधिवेशन सुरू (तस्बिरसहित)

    काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ केन्द्रीय महाधिवेशन सुरू भएको छ । कीर्तिपुरमा सुरू भएको महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

    महाधिवेशन सुरू भएसँगै नेतृत्वको चर्चा पनि त्यतिकै चलेको छ । पार्टीले ३२ वर्षे उमेर हद लगाएसँगै धेरै विद्यार्थी नेताहरू यो महाधिवेशनपछि अनेरास्ववियुको राजनीतिबाट बाहिरिँदै छन् ।

    अध्यक्षका लागि चारजनाको प्रबल दाबेदारी छ । डा. सुजन कडरिया, प्रकाश पौडेल, अञ्जना सिवाकोटी र दिपक धामीले अध्यक्षमा दाबी गरेका छन् । उनीहरूलाई राखेर सर्वसम्मत नेतृत्वको लागि छलफल भइरहेको नेकपा एमाले संगठन विभाग सचिव तथा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुङ्गेलले बताए ।

     

    भर्खर महाधिवेशन उद्घाटन भएको तथा मनोनयन दर्ता नभइसकेकोले अनौपचारिक छलफल चलिरहेको छ । महाधिवेशनबाट ११ जना पदाधिकारीसहित १५१ सदस्यीय कमिटी बन्नेछ ।

     

     



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार