logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • स्थगित भएको आईपीएल आजदेखि, क्रिकेटप्रेमी खुसी

    1KShares
    स्थगित भएको आईपीएल आजदेखि, क्रिकेटप्रेमी खुसी

    काठमाण्डौ । स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) पुनः सुरु हुने भएपछि क्रिकेटप्रमीहरु उत्साहित भएका छन् । भारत–पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आइपीएलका बाँकी खेलहरु आजदेखि सुरु हुँदैछन् ।

    परिमार्जित तालिकाअनुसार आजको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र कोलकाता नाइट राइडर्सले खेल्दैछन् । खेल बेङ्गलुरुमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

    बेङ्गलुरु ११ खेलमा १६ अङ्कसहित तालिकाको दोस्रो र कोलकाता १२ खेलमा ११ अङ्कसहित छैटौं स्थानमा छ । गएको अप्रिल २२ तारिखमा पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि दुई देशबीच विवाद बढेसँगै मे ८ तारिखमा धर्मशालामा पन्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीच खेल भइरहेका बेला पूरा नहुँदै रोकिएको थियो ।

    अघिल्लो हप्ता शनिवार दुई देशबीच युद्धविरामको घोषणा भएपछि आईपीएल क्रिकेट फेरि शुरू गर्ने निर्णय भएको थियो । आईपीएलमा क्वालिफायरको खेल जेठ १५ र इलिमिनेटरको खेल जेठ १६ मा हुनेछ । त्यस्तै अर्को क्वालिफायर दुई जेठ १८ गते हुनेछ । फाइनल खेल जेठ २० मा हुनेछ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट