काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा एफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मछिन्द्र एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।
ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भर्खरै सकिएको खेलको मछिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
त्यस्तै मंगलबार नै भएको पहिलो खेलमा ट्राइब्रेकरमा एपीएफलाई ५–३ ले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । एपीएफका सुजन पुलामीको प्रहारलाई संकटाका गोलकिपर दिप कार्कीले असफल पार्दै टोलीलाई जित दिलाए । अब फाइनल प्रवेशका लागि संकटाले त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् । फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया