काठमाडौं । राहदानी विभागले ६४ लाख पासपोर्ट छपाइका लागि अघि बढाएको टेन्डर प्रक्रियाबाट अमेरिकी कम्पनी आइरिसिस बाहिरिएको छ। विभागले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार अब टेन्डरको प्रतिस्पर्धा फ्रान्स, जर्मनी र पोल्यान्डका कम्पनीबीच सीमित भएको छ।
पासपोर्ट छपाइका लागि विभागले दुई प्याकेजमा टेन्डर आह्वान गरेको थियो। प्याकेज १ मा तीन कम्पनीले आवेदन दिएका थिए, जसमा जर्मनीको मुलबउर, फ्रान्सको आईडेमिया र अमेरिकाको आइरिसिस थिए। तर प्राविधिक मूल्यांकनमा आइरिसिस अस्वीकृत भएपछि अब केवल मुलबउर र आईडेमिया मात्रै प्रतिस्पर्धामा छन्।
प्याकेज २ मा भने चार कम्पनीले आवेदन दिएका थिए – आईडेमिया, मुलबउर, भेरिडोस ९जर्मनी० र पीडब्लु पीडब्लु ९पोल्यान्ड०। यी सबै कम्पनी प्राविधिक मूल्यांकनमा छानिएका छन्।
अब टेन्डर प्रक्रियाको अर्को चरणमा विभागले जेठ १४ गते ९२८ मे० मा आर्थिक प्रस्ताव खोल्ने तयारी गरेको छ। यसअघि मंसिर १३ मा विभागले पहिलोपटक टेन्डर आह्वान गर्दा टेन्डर एक कम्पनीलाई मात्र अनुकुल हुने गरी तयार गरिएको भन्दै विवादमा परेको थियो।
फ्रान्सको बहुराष्ट्रिय कम्पनी आईडेमियाको प्रभावमा टेन्डरको स्पेसिफिकेसन तय गरिएको आरोप लागेपछि विभागले आवेदन दिने म्याद १ महिना बढाएर अन्ततः फेब्रुअरी २१ सम्म पुर्याएको थियो।
हाल पासपोर्ट छपाइ गरिरहेको कम्पनी पनि आईडेमिया नै हो। यो कम्पनीले हालका दुवै प्याकेजमा प्रतिस्पर्धा गरिरहेको छ। जर्मन कम्पनी मुलबउर पनि दुवै प्याकेजमा सामेल छ।अब टेन्डर प्रक्रिया निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया