logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • तरकारी बेचेर गुजारा गर्नेमाथि काठमाडौं महानगरकाे धरपकड, विकल्प नखोजिदिएको गुनासो

    976Shares
    तरकारी बेचेर गुजारा गर्नेमाथि काठमाडौं महानगरकाे धरपकड, विकल्प नखोजिदिएको गुनासो

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले तरकारी बेचेर जिविकोपार्जन गर्नेमाथि प्रहरी लगाएरै उनीहरुलाई लखेट्ने काम गर्न थालेका छन् । काठमाडौंको माछापोखरीमा त्यसक्षेत्रको सडक किनारमा साना किसान, व्यापारीहरुले बिहान करिब ४ बजेदेखि ७ बजेसम्म तरकारी बेच्दै आएका छन् । उनीहरुका कारण सडक अवरुद्ध बनेको भन्दै महानगरले प्रहरी राखेर बल प्रयोग गर्दै तमासा देखाएको छ ।

    महानगर प्रहरी माछापोखरी सडकमा लस्करै सडकमा उभएर सवारी आवागमन समेत प्रभावित पारेका हुन् । सडकमा बसेर तरकारी बेचेर जिविकोपार्जन गर्नेमाथि प्रतिबन्ध लगाउन खोज्दा सडक अवरुद्ध बनेपछि आलोचना शुरु भएको छ।

    उसोतः बालेनले कवाडीदेखि सडकमा व्यापार गरेर गुजारा गर्नेमाथि निर्मम ढंगले प्रहार गर्ने गरेका छन् । काठमाडौं सुकिलामुकिलाको सहर हो भन्ने भाष्य स्थापित गर्न बालेनले मजदूरी गरेर जिविकोपार्जन गर्नेमाथि आतंक फैलाएका छन् । महानगर प्रहरी लगाएर धरपकड गर्ने काममा तीब्रता आएको देखिन्छ । सडकबाट लखेटेकाहरुलाई स्थापित नगर्ने बालेनको यस्तो कदम आलोचनामा पर्ने गरेको छ ।

    बालेनले महानगरको कार्यालयमा आफू र उनले चाहेका केहि सिमित व्यक्तिमात्रै चढ्न मिल्ने लिफ्ट बनाएर कार्यालय आउजाउ गर्ने गरेका छन् । सर्वसाधारणसँग भेट्दै नभेट्ने बालेनले पीए भुपदेव शाहमार्फत सेटिङदेखि अनेक धन्दा चलाएको आरोप लागिरहेको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट