logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • सगरमाथामा पाइला टेक्ने महिला आरोहीको संख्या ७ सय ४ पुग्यो

    1.1KShares
    सगरमाथामा पाइला टेक्ने महिला आरोहीको संख्या ७ सय ४ पुग्यो

    काठमाडौं । सगरमाथा चुचुरोको सफल आरोहण गर्ने महिला आरोही संख्या ७ सय ४ पुगेको छ । पर्यटन विभागले सन् २०२४ अन्तिमसम्मको सगरमाथा र अन्य हिमालको आधिकारिक तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार सगरमाथा चुचुरो पुग्ने महिला आरोही संख्या ७ सय ४ पुगेको हो ।

    सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोही जापानकी जुनको ताबेई हुन् । उनले सन् १९७५ मा यो कीर्तिमान बनाएकी थिइन् ।

    नेपालबाट पहिलो आरोहण गर्ने महिला पासाङल्हामु शेर्पा हुन् । उनले सन् १९९३ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन् । आरोहण गरी फर्कने क्रममा उनको निधन भएको थियो ।

    ७०४औं महिला भारतकी रिना देवी हुन् । उनले मे २०२४ मा सगरमाथा चढेकी थिइन् । यो सूचीमा सन् २०२५ को वसन्त ऋतुमा सगरमाथा चढेकाको विवरण भने समावेश छैन ।

    सगरमाथा आरोहण सुरुवात भने तेन्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारीले सन् १९५३ मा सफल आरोहण गरेसँगै सुरु भएको थियो । त्यसयता सगरमाथा चुचुरोमा पाइला टेक्ने कुल आरोही संख्या भने ९ हजार ७७ पुगेको छ । यस सूचीमा २०२५ को वसन्तु ऋतुमा भएको आरोहण समावेश छैन ।

    विभागका अनुसार सन् २०१० यता २ हजार ६ यस ७८ आरोही र ३ हजार ६ सय ९१ जना सहयोगी स्टाफले चुचुरो चुमेको देखिन्छ । यसमध्ये २०२४ मा मात्र आरोही २ सय ९८ जना र सहयोगी ४ सय ९४ जनाले चुचुरो चुमेको रेकर्ड छ ।

    २०२४ मा सबैभन्दा धेरै नेपाली ४ सय ९४ जना चुचुरो पुगेका थिए । चिनियाँ ५४, अमेरिकी ४६ र बेलायती २६ जनाले सगरमाथा चढेको देखिन्छ ।



    फास्ट न्युज    
  • २०८२ श्रावण ११, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट