काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार (असार ११) पनि घटेको छ । बजार ८.५० अंकले घटेर २६५१.५२ विन्दुमा झरेको छ । बजार घट्दा ८३ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । १७२ कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
बजारसँगै कारोबार रकम पनि घटेको छ । दुई अर्ब ८३ करोड ८२ लाख ७९ हजार ४११ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । ६४ लाख ८० हजार ५९९ कित्ता सेयर ४६ हजार ७५१ पटकमा किनबेच भएको हो ।
टक्सार पिखुवाखोला हाइड्रो र याम्बलिङ हाइड्रोको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ । कालिका लघुवित्त, सप्तकोसी विकास बैंक, रिलायन्स स्पिनिङ मिल्सलगायत उच्च कमाउने शीर्ष कम्पनी रहे । समूहगत सूचकतर्फ म्यानिफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूह ०.१४ प्रतिशतले बढेको छ । बाँकी १२ समूह घटेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया