काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएर भैरहवा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासले बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा गत चैत २२ गते लामिछानेलाई पुर्पक्षको लागि कारागार पठाउने आदेश दिएको थियो ।
धरौटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीको गत माघ १३ गते एक करोड धरौटीमा छाड्ने आदेश दिएको थियो । तर उच्चले उक्त आदेश उल्ट्याउँदै साझेदार छविलाल जोशी जस्तै रविलाई पनि जेल पठाइदिएको थियो । छविलाललाई जिल्ला अदालतले नै थुनामा पठाइदिएको थियो । यसविरुद्ध रविले सर्वोच्च अदालतमा हालेको रिटको सुनुवाइका लागि न्यायाधीश ढुंगानाको इजालास तोकिएको हो ।
यो मुद्दाको सुनुवाइका लागि ढुंगानाको इजलासमा पहिलो नम्बरमै राखिएको छ । गत शुक्रबार लामिछानेले उच्च अदालत, बुटवलको उक्त आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन दायर गरेका थिए। रवि पत्नी निकिता उपस्थित भएर दिएको उक्त निवेदन न्यायाधीश ढुंगानाको इजलासमा सुनुवाइ हुँदैछ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया