logo

२०८३ असार १ सोमबार

logo
  • २०८३ असार १ सोमबार
  • अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्ट जवाफ दिन माग

    721Shares
    अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्ट जवाफ दिन माग

    काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। पार्टीले उक्त अभिव्यक्तिबारे स्पष्ट जवाफ दिन सरकारसँग माग गरेको छ।

    आइतबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै समय लिएर बोल्दै एमाले संसदीय दलकी सचेतक पद्मा अर्यालले अर्थमन्त्रीको भनाइप्रति गम्भीर ध्यानाकर्षण गराइन्। बजेटमाथिको छलफलका क्रममा विपक्षी सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले पुराना दलका नेता तथा सांसदहरूसँग सम्बन्धित विभिन्न प्रकरणबारे आफू जानकार रहेको र ती विषयहरू पनि सार्वजनिक हुन सक्ने संकेत गरेका थिए।

    विशेषगरी करका दरहरू हेरफेर गरिएको विषयमा उठाइएका प्रश्नहरूको सन्दर्भमा अर्थमन्त्रीले जेठ २८ गते संसदमा भनेका थिए, “तपाईंहरूको काण्डबारे हामी अनभिज्ञ हो र ?” उक्त अभिव्यक्तिलाई उद्धृत गर्दै अर्यालले अर्थमन्त्रीले कसलाई लक्षित गरेर यस्तो टिप्पणी गरेको भन्ने प्रश्न उठाइन्।

    संसदमा बोल्दै अर्यालले भनिन्, “अर्थमन्त्रीले जवाफ दिने क्रममा अत्यन्त आपत्तिजनक अभिव्यक्ति दिनुभएको छ। उहाँले कसलाई लक्षित गर्नुभएको हो ? फाइल खोल्ने धम्की कसलाई दिनुभएको हो ?”

    उनले विभिन्न चर्चित प्रकरणहरूको निष्पक्ष छानबिन हुनुपर्ने धारणा पनि व्यक्त गरिन्। “टी स्टेटको फाइल खोलियोस्, ओम्नी होस् वा वाइडबडी लगायतका सबै विषयको सत्यतथ्य बाहिर ल्याइयोस्,” उनले भनिन्।

    अर्यालले छानबिनबाट आरोपहरू पुष्टि हुन नसके गम्भीर आरोप लगाउने पक्षसमेत कानुनी जवाफदेहिताको दायरामा आउन तयार हुनुपर्ने बताइन्। उनले सत्य तथ्य सार्वजनिक गर्न तथा राजनीतिक आरोप–प्रत्यारोपभन्दा माथि उठेर जिम्मेवार ढंगले विषयवस्तुको अनुसन्धान गर्न सरकारलाई आग्रह गरिन्।



    फास्ट न्युज    
  • २०८३ असार १, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट