काठमाडौं । संसदीय सुनुवाई समितिले अगामी बुधबार सर्वोच्च अदालतको लागि प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाई गर्ने भएको छ । आज बसेको समितिको बैठकले भोली मङ्गलवार प्रधान न्यायाधीशमा सिफारिस राउतविरुद्धको उजुरी कर्ताहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।
प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध समितिमा ६ वटा उजुरी परेका छन् । असोज ३ गते बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीश राउत विरुद्ध उजुरी माग गरेको थियो । समितिले आज उजुरी खोलेर समितिका सदस्यहरूलाई अध्ययनका लागि वितरण गरेको छ ।
गएको भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउतलाई नियुक्त गर्न सिफारिस गरेको थियो । त्यस्तै, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा सिफारिस न्यायाधीशहरू नृप ध्वज निरौला र नित्यानन्द पाण्डेका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ । न्यायपरिषद्ले निरौला र पाण्डेलाई गत शुक्रबार सर्वोच्च अदालतको न्यायाधीश सिफारिस गरेको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया