काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी लास र दासहरूको पार्टी नभएको बताएका छन् । पार्टीको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेस दास र लासहरूको पार्टी होइन । कांग्रेस ज्युँदो मानिसहरूको पार्टी हो । यहाँ प्रश्न मरेको छैन ।’
उनले महाधिवेशन चलिरहँदा सभापति देउवासहित केही नेताहरूबिच छलफल चलिहरेको समाचार पढेबो भन्दै उनले सभापतिलाई सुझाव दिनेहरूले गलत भनिरहेको बताए । थापाले पार्टीको नीति र नेतृत्व बदलिने घोषणा पनि गरे । महाधिवेशन प्रतिनिधिहरुले नै नीति र नेतृत्व बदल्न चाहेको बताउँदै थापाले भने, ‘प्रतिनिधिहरुले नीति पनि बदल्ने नेता पनि बदल्ने भनेर माग्नु भएको छ । यो कहाँ गएर टुंगिन्छ । मलाई थाहा छैन ।’
महामन्त्री थापाले सोमबार बिहान ८ बजेदेखि विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने र सभापतिसहित नेता उपस्थित हुने विश्वास व्यक्त गरे । विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले भने, ‘भोलि नेताहरू हलमा आउनुहुन्छ भन्ने विश्वास छ । नेताहरू आउने-नआउने उहाँहरूको मर्जी। निर्णय गर्ने तपाईंहरूको मर्जी । तपाईंहरूले नै निर्णय गर्ने हो ।’
उनले कहिलेकाहीँ युद्ध हार्नका लागि तयार हुनुपर्छ भन्दै थपे, ‘हाम्रा सन्दर्भमा चिन्ता नलिनुस् । कहिलेकाहीँ युद्ध हार्न पनि तयार हुनुपर्छ । तयार छौँ । कहिले काहीँ ज्वालाका जाग्रित गर्नका निम्ति आफू डढ्न पनि तयार हुनुपर्छ । नेपाली कांग्रेसलाई ठीक ठाउँमा उभ्याउनका लागि ।’
कांग्रेस ठीक ठाउँमा हुँदा देशरप्रतिको जिम्मेवारी पूरा गर्न सक्ने उनको भनाय छ । ‘यो अवसर पनि हो चुनौती पनि हो । भोलि बिहान ८ बजे हामी जम्मा हुन्छौँ । हलले जे स्थापना गर्ने भन्छ त्यही हुन्छ । कांग्रेसको विधानमा महाधिवेशनभन्दा ठूलो केही होइन,’ उनले भने, ‘महाधिवेशनले चायो भने नेता पनि छान् नेतृत्व बदल्छ पनि । विधान पनि बदल्छ । त्यो अधिकार राख्नेको भेला हो यो ।’
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया