logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • काठमाण्डौ–हेटौँडा जोड्ने कान्तिलोकपथ भोलिदेखि ४ दिन बन्द गरिने

    1.1KShares
    काठमाण्डौ–हेटौँडा जोड्ने कान्तिलोकपथ भोलिदेखि ४ दिन बन्द गरिने

    काठमाण्डौ । काठमाण्डौ–हेटौँडा जोड्ने सडक कान्तिलोकपथ भोलिदेखि चार दिन पूर्ण रुपमा बन्द गरिने भएको छ । कान्तिलोकपथ अन्तर्गत बगुवाको बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न हुने भएको हो ।

    जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना निकालेर भोलिदेखि २४ गतेसम्म सडक पूर्णरुपमा बन्द हुने जानकारी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कडेलले निकालेको सूचनमा सडक बन्द हुँदा हेटौँडा–काठमाण्डौ र काठमाण्डौ–हेटौँडा चल्ने गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । कान्तिलोकपथको वैकल्पिक सडकका रुपमा कुलेखानी–कलङ्की–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिनेछ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट