logo

२०८३ श्रावण १० आईतवार

logo
  • २०८३ श्रावण १० आईतवार
  • प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, अख्तियारको वार्षिक प्रतिवेदन प्रस्तुतलगायत कार्यसूची

    835Shares
    प्रतिनिधिसभाको बैठक आज  पनि बस्दै, अख्तियारको वार्षिक प्रतिवेदन प्रस्तुतलगायत कार्यसूची

    काठमाडौं: संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न वार्षिक प्रतिवेदन तथा विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

    कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधीवक्ता कार्यालयको वार्षिक प्रतिवेदन २०८१–०८२’ तथा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१–०८२’ पेस गर्नेछिन्।

    यस्तै, मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने, विधेयक प्रस्तुत गर्ने तथा त्यसमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा राख्ने कार्यसूची रहेको छ।

    त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

    बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।



    फास्ट न्युज    
  • २०८३ असार २४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट