logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • ६ महिनामा नौ खर्ब २१ अर्बको अन्तर्राष्ट्रिय व्यापार , निर्यात ३१ प्रतिशतले बढ्यो

    997Shares
    ६ महिनामा नौ खर्ब २१ अर्बको अन्तर्राष्ट्रिय व्यापार , निर्यात ३१ प्रतिशतले बढ्यो

    काठमाण्डौ – सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको मुख्य आर्थिक सूचक सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयका अनुसार ६ महिनाको अवधिमा नौ खर्ब २१ अर्ब रूपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार भएको छ ।

    अघिल्लो वर्ष यसै अवधिमा आठ खर्ब ४३ अर्ब रूपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएकोमा यो वर्ष १० प्रतिशतले बढेको हो । ६ महिनाको अवधिमा आठ खर्ब २२ अर्ब ३७ करोड रूपैयाँ बराबरको आयात भएको छ ।

    गएको वर्ष यसै अवधिमा सात खर्ब ६८ अर्ब १७ करोड रूपैयाँ बराबरको आयात भएकोमा यस वर्ष ७ प्रतिशतले बढेको छ । यस्तै यो ६ महिनाको अवधिमा ९८ अर्ब ७९ करोड रूपैयाँको वस्तु निर्यात भएको छ ।

    गएको वर्ष यसै समयमा ७४ अर्ब ९७ करोड रूपैयाँको मात्रै निर्यात भएकोमा अहिले ३१ प्रतिशतले बढेको हो । आयाततर्फ कच्चा भटमासको तेल, शुद्ध फलाम र सूर्यमुखी तेल तथा निर्याततर्फ पनि भटमासको तेल, सूर्यमुखी तेल र धागोको वृद्धिदर धेरै छ ।

    अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा राजस्व १२.७ प्रतिशतले बढेको छ । त्यसैगरी पहिलो ६ महिनामा सरकारको खर्च ७.८ प्रतिशतले बढेको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ ७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार