काठमाण्डौ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले सनराइर्जस हैदराबादलाई ५ विकेटले हराएको छ । हिजो भएको खेलमा हैदराबादले दिएको १ सय ९१ रनको लक्ष्य लखनउले १६ ओभर एक बलमा ५ विकेट गुमाएर पूरा गर्याे। लखनउको जीतमा निकोलस पुरनले सर्वाधिक ७० रन बनाए । मिचेल मार्शले ५२ रन जोडे ।
हैदराबादका लागि कप्तान प्याट कमिन्सले २ तथा मोहम्मद सामी, हर्षल पटेल र एडम जाम्पाले समान १ विकेट लिए । त्यसअघि घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।
हैदराबादका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ४७ रन बनाए । अनिकेत बर्माले ३६ रन जोडे । लखनउको लागि शार्दुल ठाकुरले ४ विकेट लिए । पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको लखनउको यो पहिलो जीत हो । हैदराबादले पहिलो खेलमा राजस्थानलाई हराएको थियो । आईपीएलमा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेङ्गलोरु खेल्दैछन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया