काठमाडौं । राष्ट्रिय जागृति क्लब इटहरीलाई हराउँदै भुटानको आरटीसी फुटबल क्लब २५औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
धरान रङ्गशालामा सोमबार भएको खेलमा आरटीसीले जागृति क्लबलाई ४–१ गोलले हरायो । अब आरटीसीले फाइनल प्रवेशका लागि चर्च ब्वाइजसँग खेल्नेछ । प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा भोलि एनआरटी क्लब र झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले खेल्नेछन् । यो खेलको विजेताले सेमिफाइनलमा भारतको युके एफसीसँग खेल्नेछ ।
बुढासुब्बा गोल्डकपको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल आउँदो शनिवार माघ २६ गते हुनेछ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया