logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • फिफा वरियतामा नेपाल १७५औं स्थानमै यथावत्

    931Shares
    फिफा वरियतामा नेपाल १७५औं स्थानमै यथावत्

    काठमाण्डौ । फिफा वरियतामा नेपाल पुरुष फुटबल टोली १७५औं स्थानमै यथावत् रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपालको वरियता यथावत् रहेको हो ।

    दक्षिण एशियामा भारत र माल्दिभ्सपछि नेपाल तेस्रो स्थानमा छ । भारत १२७औं र माल्दिभ्स १६४औं स्थानमा झरेको छ । भारत एक र माल्दिभ्स दुई स्थान तल झरेको हो ।

    नेपालभन्दा पछि रहेको भुटान १८२औं स्थानमा यथावत् छ भने बङ्गलादेश दुई स्थान सुधार गर्दै १८३औं स्थानमा उक्लेको छ । पाकिस्तान १९८औं र श्रीलङ्का २००औं स्थानमा छ । विश्व च्याम्पियन अर्जेन्टिना फिफा वरियताको शीर्ष स्थानमै यथावत् छ । एशियाली राष्ट्रहरूमध्ये सबैभन्दा अघि रहेको जापान १५औं स्थानमा छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट