logo

२०८३ श्रावण १३ बुधबार

logo
  • २०८३ श्रावण १३ बुधबार
  • त्रिदेशीय महिला टी–२० क्रिकेटमा आज नेदरल्यान्ड्स र थाइल्याण्ड खेल्दै

    988Shares
    त्रिदेशीय महिला टी–२० क्रिकेटमा आज नेदरल्यान्ड्स र थाइल्याण्ड खेल्दै

    काठमाण्डौ – त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्याण्ड खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ । हिजो भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भयो । त्रिदेशीय टी–२० शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् ।

    प्रतियोगितामा भोलि नेपाल र थाइल्यान्ड, पर्सि नेदरल्यान्ड्स र नेपाल, माघ २१ गते थाइल्यान्ड र नेदरल्यान्ड्स, माघ २२ गते थाइल्यान्ड र नेपालबीच खेल हुनेछ । यस्तै माघ २३ गते नेपाल र नेदरल्यान्ड्स, माघ २४ गते नेदरल्यान्ड्स र थाइल्यान्ड तथा माघ २५ गते नेपाल र थाइल्यान्ड खेल्नेछन् । लिग चरणको अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।



    फास्ट न्युज    
  • २०८१ माघ १८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट