logo

२०८३ असार ३१ बुधबार

logo
  • २०८३ असार ३१ बुधबार
  • स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनाको शानदार जित, सेमिफाइनलमा इंग्ल्यान्डसँग भिडन्त

    814Shares
    स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनाको शानदार जित, सेमिफाइनलमा इंग्ल्यान्डसँग भिडन्त

    काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान सम्पन्न अन्तिम क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेन्टिना सातौँ पटक विश्वकपको अन्तिम चारमा पुगेको हो।

    अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले एक–एक गोल गरे। खेलको १०औँ मिनेटमा कप्तान लियोनल मेसीको कर्नर प्रहारलाई एलिस्टरले हेडमार्फत जाली चुमाउँदै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।

    स्विट्जरल्यान्डले ६७औँ मिनेटमा खेल बराबरीमा ल्यायो। रिकार्डो रोड्रिगेजको पासमा डान एनडोयेले गोल गर्दै स्कोर १–१ बनाए। ७२औँ मिनेटमा ब्रेल एम्बोलोले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाड्न बाध्य भए, जसपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भयो।

    निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा जुलियन अल्भारेजले पेनाल्टी क्षेत्रबाहिरबाट आकर्षक प्रहार गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। त्यसपछि इन्जुरी समयमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको ३–१ को जित सुनिश्चित गरे।

    यससँगै अर्जेन्टिना सातौँ पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ। अब उसले फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। तीन पटक विश्वकपको उपाधि जितिसकेको अर्जेन्टिना तीन पटक उपविजेतासमेत बनेको छ।



    फास्ट न्युज    
  • २०८३ असार २८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट