logo

२०८३ असार ३१ बुधबार

logo
  • २०८३ असार ३१ बुधबार
  • सडकको नालीमा मृत अवस्थामा भेटिए होटलका कर्मचारी, घटनाबारे अनुसन्धान जारी

    742Shares
    सडकको नालीमा मृत अवस्थामा भेटिए होटलका कर्मचारी, घटनाबारे अनुसन्धान जारी

    काठमाण्डाै । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीस्थित बेनी–जोमसोम सडकखण्डको सडक नालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
    जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार झापाको मेचीनगर नगरपालिका–१५ स्थायी घर भई हाल भुरुङ तातोपानीस्थित होटल नेचुरल स्प्रिङमा सरसफाइको काम गर्दै आएका ५३ वर्षीय कमलप्रसाद रिमाल आइतबार दिउँसो करिब २:३० बजे सडकको नालीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन्।

    स्थानीयवासीबाट सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भुरुङ तातोपानी र जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।
    हाल मृतकको शव म्याग्दी अस्पतालमा राखिएको छ। मृतकका भाइ जिल्ला प्रहरी कार्यालयमा सम्पर्कमा आई आवश्यक जाहेरी दिने तयारीमा रहेको पनि प्रहरीले जनाएको छ।
    जिल्ला प्रहरी कार्यालय म्याग्दीका वरिष्ठ प्रहरी निरीक्षक मिलन थापाका अनुसार घटनास्थलको प्रारम्भिक अवस्था हेर्दा रिमालको मृत्यु कुनै आपराधिक घटनाका कारण भएको देखिएको छैन। यद्यपि मृत्युको वास्तविक कारण खुलाउन घटनाबारे विस्तृत अनुसन्धान भइरहेको उनले फास्ट न्युज सेभेनलाई जानकारी दिए।



    फास्ट न्युज    
  • २०८३ असार ३०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट